30th September | 2020 | Wednesday | 11:39:16 PM

आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेसहित तीनै जनाले पाए सफाइ

हिमालय टाइम्स   POSTED ON : माघ ५, २०७६ (६:०६ PM)

आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेसहित तीनै जनाले पाए सफाइ

काठमाडौं । संचारकर्मी रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन् ।

उनीहरु आत्महत्या दुरुत्साहन मुद्दामा अभियुक्त बनाइएका थिए ।

 आइतबार चितवन जिल्ला अदालतले सो मुद्दामा फैसला गर्दै लामिछानेसहित तीन जनालाई सफाइ दिएको हो ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा भएको दुवै पक्षका कानुन व्यवसायीको बहसपछि सो फैसला भएको हो । जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले तीन जनालाई सफाइ दिने फैसला भएको जानकारी दिए ।

नुवाकोट घर भएका सालिकराम पुडासैनी साउन २० गते नारायणगढको कंगारु होटेलमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

 प्रहरीले उनको साथबाट बरामद गरेको मोबाइलमा आत्महत्यासम्बन्धी बयानको भिडियो फेला पारेको थियो । उक्त भिडियोमा आफूले आत्महत्या गर्नुको प्रमुख कारण लामिछाने, युवराज कँडेल र अस्मिता कार्की भएको सालिकरामले दोष लगाएका थिए ।

उनीहरु विरुद्ध भदौ ८ गते आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको थियो । यसअघि थुनछेक मुद्दामा अदालतले  लामिछाने र कँडेललाई धरौटीमा छोड्न आदेश दिएको थियो भने कार्कीलाई साधारण तारेखमा रिहा गरेको थियो ।


Views: 269

सम्बन्धित सामग्री:

रुकुमकोटमा हट्यो निषेधाज्ञा

: आश्विन १४, २०७७ (३:४१ PM)