15th August | 2020 | Saturday | 7:54:35 PM

महराविरुद्धको मुद्दा हेर्दाहेर्दैमा –सोमबार फैसला आउने

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ४, २०७६ (६:०४ PM)

महराविरुद्धको मुद्दा हेर्दाहेर्दैमा –सोमबार फैसला आउने

काठमाडौं । बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको सुनुवाई हेर्दाहेर्दैमा राखेको छ ।

जिल्ला अदालत काठमाडौंले आज सुनुवाई भएको उक्त बलात्कार अभियोग कसूर मुद्दा हेर्दाहेर्दैमा राखेको हो । 

आइतबार फैसला आउने भनिए पनि बहस ढिला सकिएका कारण हेर्दाहेर्दैमा राखिएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । 

सम्भवतः न्यायाधीश अमरराज पौडेलको इजालसले सोमबार फैसला गर्नेछ ।

मुद्दामा महराको पक्षबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बराललगायतले बहस गरेका थिए ।

महरा पक्षका कानून व्यवसायीको बहसअघि सरकारी वकिलले बहस गरेका थिए ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।


Views: 208