1st October | 2020 | Thursday | 1:58:33 AM

बाँके र कपिलवस्तुका तीन जनामा कोरोना

सङ्क्रमित ४५७ पुगे

रासस   POSTED ON : जेठ ९, २०७७ (८:२० AM)

बाँके र कपिलवस्तुका तीन जनामा कोरोना

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फेरि तीन जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भेरी अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणअनुसार दुई पुरुष र एक  महिलामा सङ्क्रमण देखिएको बताउनुभयो । बिहीबार राति देखिएका नयाँ सङ्क्रमितमा बाँके नरैनापुर गाउँपालिका–३ निवासी ३२ वर्षीय पुरुष र  खजुरा गाउँपालिका–३ निवासी ४२ वर्षीया महिला तथा कपिलवस्तु शुद्धोधन गाउँपालिका १९ वर्षीय पुरुष  छन् ।  अहिलेसम्म सङ्क्रमित ४५७ पुगेका छन् । बिहीबार मात्र ३० जनामा सङ्क्रमण देखिएको हो । अहिलेसम्म कोभिड–१९ सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । उहाँका अनुसार सङ्क्रमितको स्वास्थ्यावस्था सामान्य रहेको र ती स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

Views: 211

सम्बन्धित सामग्री:

रुकुमकोटमा हट्यो निषेधाज्ञा

: आश्विन १४, २०७७ (३:४१ PM)