6th December | 2020 | Sunday | 7:50:04 AM

थप ३० जनामा कोरोना

संक्रमितको संख्या ४८७ पुग्यो

हिमालय टाइम्स   POSTED ON : जेठ ९, २०७७ (९:४३ AM)

थप ३० जनामा कोरोना

काठमाडौं । नेपालमा थप ३० जनामा कोरोना पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षण अनुसार नयाँ संक्रमितमा नवलपरासी, बर्दघाट सुस्ता, पूर्व विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका–६ केसरबाघ, चितवन निवासी ७४ बर्षीय पुरुष र ७३ बर्षीय महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरि नवलपरासी, सुस्ता गाउँपालिका ५ र रामग्राम नपा ३, १८ निवासी ३३, ३५ बर्षीय पुरुषहरू, १५ बर्षीय महिला, कपिलवस्तु बाणगंगा मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ बर्षीय पुरुषहरू र ८ बर्षीय बालिका रहेको र सर्लाही, गोडैता ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ बर्षीय पुरुषहरू र १८ बर्षीय महिला रहेको जनाइएको छ । मन्त्रालयका अनुसार उहाँहरूको स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरू स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ ।

Views: 244