15th July | 2020 | Wednesday | 2:17:48 PM

बर्दियामा एकैदिन थपिए २८ जना संक्रमित

दीपककुमार शर्मा   POSTED ON : जेठ २५, २०७७ (१०:२६ AM)

बर्दियामा एकैदिन थपिए २८ जना संक्रमित

बर्दिया । बर्दियामा एकैदिन २८ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका बिरामीमध्ये जिल्ला प्रशासन कार्यालयका एक जना कर्मचारीसमेत रहेको बताइएको छ । भारतसँग सीमा जोडिएको बर्दियामा एकैदिन २८ जना कोरोना पोजेटिभ देखिएसँगै जिल्लामा कोरोना पोजेटिभको संख्या ४१ पुगेको छ । तीमध्ये दुईजना उपचारपछि घर फर्किएका छन् ।

भेरी अस्पताल नेपालगञ्जमा पिसिआर परीक्षणका लागि १९२ जनाको स्वाब पठाईएकोमा २८ जनाको रिपोर्टमा पोजेटिभ आएको स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताउनुभयो । 

राजापुर नगरपालिका र बासगढि नगरपालिकामा ५÷५ जना, २१ देखि ६० वर्षका पुरुष, गुलरिया नगरपालिकामा २५ देखि ५५ वर्षका ११ जना, मधुवन नगरपालिकाका १८ देखि ३३ वर्ष सम्मका ४ जना पुरुष र बढैयाताल गाउपालिकाका २ जना पुरुष र एक जना महिला गरी ३ जना नयाँ बिरामी थपिएका हुन । 

जिल्ला प्रशासन कार्यालय बर्दियामा कार्यरत एक जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको छ । ती कर्मचारी गुलरिया निवासी रहेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका केही कर्मचारीको पिसिआर टेस्ट गरिएको थियो । तीमध्ये एक जनाको मात्रै रिपोर्ट आएको हो । अन्य कर्मचारीको रिपोर्ट आउन बाँँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


Views: 70