13th July | 2020 | Monday | 2:03:03 AM

म्याग्दीमा डेंगु संक्रमितको संख्या १७ पुग्यो

हिमालय टाइम्स   POSTED ON : असार १६, २०७७ (८:०३ AM)

म्याग्दीमा डेंगु संक्रमितको संख्या १७ पुग्यो

म्याग्दी । म्याग्दीमा थप एक महिलामा डेंगु पोजेटिभ देखिएको छ । जिल्लाको मंगला गाउँपालिका–५ छिस्बाङकी ६७ बर्षिया महिलामा डेंगु पोजेटिभ देखिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । ६७ बर्षीया महिला उपचारका लागि शनिबार बेनी अस्पताल आएकी थिइन् ।

आइतबार जाँच गर्दा महिलामा डेंगु संक्रमण देखिएको थियो उहाँलाई सोमबार थप उपचारका लागि पोखरा रिफर गरिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । उहाँका अनुसार ती महिलामा उच्च ज्वरो आउने, टाउको दुख्ने, शरिर दुख्नेलगायतका लक्षण देखा परेको थियो । यस संगै बेनी अस्पतालमा मात्र यो सिजनमा डेंगु संक्रमितको संख्या १७ पुगेको छ । यस अघिका विरामी निको भएर घर फर्किएका छन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना कहरकाबीच म्याग्दीमा डेंगु संक्रमित विरामीको संख्या बढ्ढै गएपछि म्याग्दीमा थप सतर्कता अपनाइएको छ । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुन्छ । गर्मी समय र बर्षायाम सुरु भएसंगै डेंगु संक्रमण फैलिने सम्भावना बढी हुने भएकाले सरसफाईमा विशेष ध्यान दिन चिकित्सक तथा स्वास्थ्यकर्मीको सुझाव छ । म्याग्दी डेंगुको नेपालकै उच्च जोखिममा रहेको छ ।


Views: 42