13th July | 2020 | Monday | 12:04:18 AM

भक्तपुरमा समुदायस्तरमै कोरोना

हिमालय टाइम्स   POSTED ON : असार १६, २०७७ (९:२० AM)

भक्तपुरमा समुदायस्तरमै कोरोना

काठमाडौं । भक्तपुरमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीकी चार वर्षीया बालिकालाई कोरोना संक्रमण पुष्टि भएसँगै भक्तपुरमा समुदायमा कोरोना फैलिएको देखिएको हो । 

पेट दुःखेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचारका लागि लगिएकी ती बालिकामा कोरोना संक्रमण देखिएको हो । ती बालिकामा एपेन्डिसाइटिस भएको अस्पतालले बताएको थियो । शल्यक्रियाका लागि स्वाब संकलन गरी परीक्षणका लागि पठाएको थियो । अस्पतालले रिपोर्ट आएपछि मात्र शल्यक्रिया गर्ने भन्दै आवश्यक औषधि दिएर घर फर्काएको थियो । गत असार ११ मा लिएको स्वाबको नतिजा पोजेटिभ आएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सोमबार जानकारी दिनुभयो । 

घरमै रहेकी बालिकालाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ । संक्रमित बालिकाको कुनै यात्रा विवरण नरहेको र बाहिरी व्यक्तिहरूसँगसमेत सम्पर्कमा नआएको बताइएको छ । बालिकामा कोरोना पोजेटिभ देखिएपछि बालिकाको घर र सो टोलमा समेत सिल गरेर उच्च सतर्कता अपनाइएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।


Views: 110