10th August | 2020 | Monday | 5:34:12 PM

थप ४७३ सङ्क्रमित, सङ्क्रमितको संख्या १४ हजार ५१९ पुग्यो

हिमालय टाइम्स   POSTED ON : असार १८, २०७७ (४:५० PM)

थप ४७३ सङ्क्रमित, सङ्क्रमितको संख्या १४ हजार ५१९ पुग्यो

काठमाडौँ । नेपालमा आज थप ४७३ सङ्क्रमित थपिएका छन् । जम्मा सङ्क्रमितको सङ्ख्या १४ हजार  ५१९  पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४७३  जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । देशभर पाँच हजार ३२० डिस्चार्ज भएका छन् । बिहीबार देशभरबाट ६६४ जना निको भएर घर फर्केका छन् । कोरोना भाइरसका कारण थप एकजनाको काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको छ । म्याग्दी जिल्ला धौलागिरि नगरपालिकाको वडा नम्बर ४ का ४९ दिनका एक शिशुको असार १७ गते साँझ ४ बजे मृत्यु भएको हो । यासँगै मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।

Views: 110