13th August | 2020 | Thursday | 7:57:06 AM

उपत्यकामा ५४ सहित थप १८० सङ्क्रमित,सङ्क्रमितको संख्या १५ हजार ९६४ पुग्यो

हिमालय टाइम्स   POSTED ON : असार २२, २०७७ (५:३३ PM)

उपत्यकामा ५४ सहित थप १८० सङ्क्रमित,सङ्क्रमितको  संख्या १५ हजार ९६४ पुग्यो

काठमाडौँ, असार २२ गते । पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १५ हजार  ९६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । आज २६४ जना निको भएर डिस्चार्ज भएका छन्  । अहिलेसम्म  डिस्चार्ज हुनेको संख्या छ हजार ८११ पुगेको छ   ।  आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या  ५४  पुगेको छ । काठमाडौँ जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना सङ्क्रमित भएका छन् । 

असार २१ गते वाग्लुगको ढोरपाटन नगरपालिकाका २९ वर्षीय एकजना पुरुषको मृत्यु भएको छ । कोरोना भाइरसका कारणले मृत्यु हुने नेपालमा ३५ पुगेको छ ।

Views: 87