13th August | 2020 | Thursday | 8:46:29 AM

जनैपुर्णिामाको अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

हिमालय टाइम्स   POSTED ON : श्रावण १८, २०७७ (५:१९ PM)

जनैपुर्णिामाको अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा ।  श्रावण शुक्ल पूर्णिमाको दिनमा मनाइने ऋषितर्पणी अर्थात रक्षाबन्धनको अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ । गण्डकी प्रदेशको राजपत्रमा प्रकाशित सुचना अनुसार प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको हो ।मन्त्रिपरिषद्को निर्णय अनुसार गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले गत वर्ष चैत २२ गते सूचना जारी गर्दै जनैपूर्णिमा सहित ईद, तमु ल्होसार, माघे संक्रान्ति र सोनाम ल्होसार लगायतमा थप सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।


जनैपूर्णिमा मा देशभर सनातन धर्मावलम्बीले नवयज्ञोपवीत अर्थात्  नयाँ जनै एवं रक्षाबन्धन धारण गरेर मान्ने गर्दछन । यस दिन वैदिक सनातन धर्मावलम्बीले बिहानैदेखि नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने तथा गुरु पुरोहितबाट रक्षासूत्र अर्थात्  डोरो  बाँध्ने गरिन्छ ।


नेपालको तराई क्षेत्रमा पनि यसै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाध्ने चलन रहिआएको छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता समेत रहेको छ ।


Views: 90

सम्बन्धित सामग्री:

स्क्रब टाइफसबाट बालिकाको मुत्यु

: श्रावण २९, २०७७ (८:२३ AM)