28th September | 2020 | Monday | 10:33:12 PM

सप्तरी र धनुषाको जनकपुरधाम उप-महानगरपालिकामा निषेधाज्ञा

हिमालय टाइम्स   POSTED ON : श्रावण २०, २०७७ (७:५९ AM)

सप्तरी र धनुषाको जनकपुरधाम उप-महानगरपालिकामा निषेधाज्ञा


काठमाडौं । कोरोना सङ्क्रमणको जोखिम बढेपछि सप्तरी र धनुषाको जनकपुरधाम उप(महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । सप्तरी जिल्लाभरि र धनुषाको जनकपुरधाम उप९महानगरपालिकामा भित्र एक हप्ताका लागि निषेधाज्ञा जारी भएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्कर हरि आचार्यले सप्तरीमा अहिलेसम्म ५ सय ३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि आज बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो ।


अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, गाडी, पसल बन्द रहने पनि प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम अनावश्यक हिँडडुल, आवतजावत गर्न पाइँने छैन ।


त्यस्तै औषधि पसल, खाद्यान्न, अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र, मालसमान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा आन्तरिक सुरक्षा कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशपजस्ता अत्यावश्यक सेवाबाहेकका अनावश्यक आवतजावतमा निषेधाज्ञा लगाइएको छ ।


धनुषाको जनकपुरधाम उप-महानगरपालिकामा निषेधाज्ञा


धनुषाको जनकपुरधाम उप९महानगरपालिका भित्र गएराति १२ बजेदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईकाअनुसार उप९महानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको हो ।


राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरुबाहेक अरु सेवा २६ गतेसम्मका लागि बन्द गरिएको उप-महानगरपालिकाका प्रमुख लालकिशोर शाहले बताउनुभयो ।

Views: 66