28th September | 2020 | Monday | 9:57:47 PM

प्रधानमन्त्री ओलीसहित ६ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ

हिमालय टाइम्स   POSTED ON : श्रावण २३, २०७७ (६:५० PM)

प्रधानमन्त्री ओलीसहित ६ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ६ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रबार गरिएको परीक्षणमा प्रधानमन्त्रीसहित सचिवालयका कर्मचारी सबैको रिपोर्ट नेगेटिभ देखिएको हो ।

बिहान स्वाब लिइ परीक्षण गर्दा प्रधानमन्त्रीसहित ६ जनाको रिर्पोट नेगेटिभ आएको हो ।

शुक्रबार प्रधानमन्त्री ओली, उहाँका मुख्य सल्लाहकार विष्णु रिमाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका  विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेको पीसीआर परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको बालुवाटार स्रोतले जनाएको छ ।


Views: 79