25th September | 2020 | Friday | 10:09:33 PM

आंशिक शिक्षकको माग पूरा भएन,क्याम्पस प्रमुखले बेवास्ता गर्दा भयो तोडफोड

शिव बराल   POSTED ON : श्रावण २३, २०७७ (८:४० PM)

आंशिक शिक्षकको माग पूरा भएन,क्याम्पस प्रमुखले बेवास्ता गर्दा भयो तोडफोड


पोखरा । नेपालकै सबैभन्दा ठूलो क्याम्पस पोखराको पृथ्वीनारायण क्याम्पसमा आंशिक शिक्षकहरुले आफ्नो माग सुनुवाइ नभएको भएको भन्दै शुक्रवार प्रमुख कार्यकक्षमा सामान्य तोडफोड गर्नुभएको छ। तोडफोडमा क्याम्पस प्रमुखकक्षका २ ओटा झ्यालको सिसा फुटेका छन। बिगत १४ महिना देखि  करारको माग गर्दै आंशिक पदमा कार्यरत शिक्षकहरु आन्दोलनमा हुनुहुन्थ्यो।  २१४ जना आंशिक शिक्षक रहेको पृथ्वीनारायण क्याम्पसमा करिब ७० प्रतिशत कार्यभार  पूरा गरेको तर समान ज्याला नपाएको आंशिक शिक्षक संघको गुनासो रहेको छ। 

 समान कामको समान ज्याला हुनुपर्ने, क्याम्पसको रिक्त प्राध्यापक दरवन्दीमा नियुक्ति आंशिक प्राध्यापकबाट हुनुपर्ने लगायत माग रहेको संघका अध्यक्ष प्राध्यापक सुनिल गौतम ले हिमालय टाइम्स लाई जानकारी दिनु भयो। 

  

नवनियुक्त क्याम्पस प्रमुख प्रा डा सरोज कोइरालाले आंशिक शिक्षकहरुको समस्या समाधान गर्ने भन्दै श्रावण २२ गते सम्म समयसिमा तोकि सम्झौता गर्नुभएको थियो तर समयसिमा सकिदा पनि कुनै पनि पहल नगरेको अध्यक्ष गौतमले आरोप लगाउनु भयो। 

   समय सिमा सकिदा पनि माग को बेवास्ता गरेकाले ज्ञापनपत्र बुझाई तालाबन्दी गर्न जाँदा प्रमुखले समय नदिई बैठकको बहानामा भेट्न नखोजेपछि शिक्षकको समूह सामान्य आक्रोशित भएको अध्यक्ष गौतमले जानकारी दिनु भयो।

 ूहालसम्म कुनैपनि क्याम्पस प्रमुखले समस्या समाधान गर्न चासो नदिँदा उक्त घटना घट्न पुगेको हो। संघका अध्यक्ष सुनिल गौतमले भन्नुभयो ‘हामी निरन्तर १४ वर्षदेखि अन्यायमा परेका छौं, हाम्रा माग पुरा नभए थप ससक्त आन्दोलनमा आउने छौ।

   यता क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले केन्द्र सग  छलफलमा जुटिरहेको जानकारी दिनुभयो। समस्या समाधान गर्न केन्द्रसँग निरन्तर संवादमा गरिरहेको छुू प्राडा कोइरालाले यसरी अराजकता पैदा गर्दा थप समस्या निम्तिने तर समाधानको बाटो नखुल्ने चिन्ता ब्यक्त गर्नु भयो। प्राडा कोइरालाले सोमबारसम्म समस्या किनारा लाग्ने भन्दै आशावादी हुन आग्रह समेत गर्नुभएको छ।

Views: 489