25th September | 2020 | Friday | 10:01:53 PM

स्क्रब टाइफसबाट बालिकाको मुत्यु

  POSTED ON : श्रावण २९, २०७७ (८:२३ AM)

स्क्रब टाइफसबाट बालिकाको मुत्यु

बैतडी । स्क्रब टाइफस रोगबाट बैतडीमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका –३ श्रीकोटकी १४ वर्षीया बालिका छिन् । उनको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लादैगर्दा बाटोमै मृत्यु भएको हो ।

स्क्रब टाइफसबाट संक्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मंगलबार धनगढीको सारथी अस्पताल पुर्याइएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दै गर्दा बुधवार अपरान्ह चिसापानीमा बालिकाको मृत्यु भएको उहाँका नातेदार शंकरदत्त भट्टले बताउनुभयो ।

मृतक पूजाका बुवा रोजगारीको शिलशिलामा विदेश रहनुभएको छ । उहाँलाई उपचारका लागि आमा र हजुरबुवाले धनगढी पुर्याउनुभएको थियो ।


Views: 432