28th September | 2020 | Monday | 8:02:59 PM

कोरोनालाई जित्नेहरु ‘समाजसँग हार्ने हुँ की’ भन्ने चिन्तामा

खगेन्द्र अधिकारी   POSTED ON : श्रावण ३१, २०७७ (५:१९ PM)

कोरोनालाई जित्नेहरु ‘समाजसँग हार्ने हुँ की’ भन्ने चिन्तामा

सुर्खेत । विश्वमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको महामरीले विश्वको जनजीवन,स्वास्थ्य तथा विश्वको अर्थतन्त्रलाई मात्र छिया–छिया बनाएन । मान्छेको मनलाई समेत छिया–छिया बनाएको छ । कोरोना संक्रमित हुने हुँ की भन्ने डरले संयमता अपनाउँदा अपनाउँदै पनि अचानक संक्रमित हुनु परेको र कोरोनालाई जित्नेहरु पनि समाजसँग हार्ने डरले भयवित बनेका छन् । 

जेठको अन्त्यतिर भारतबाट आएका सुर्खेत चौकुनेका ३३ वर्षिय पुरुषले कोरोनालाई जिते । कोरोना जितेपछि नयाँ जीवन पाएकोमा खुशीले गद्गद् भएका उनी जव आफ्नो गाउँमा फर्के तब समाजले उनलाई स्वीकार्न सकेन । उनले कोरोना जितेको र अहिले आफू कोरोना संक्रमित नभएको बताएपनि घर छिमेकमै रहेको पसलमा चाउ–चाउसमेत किन्न पाएनन् । आफूले कोरोना जितेकोले यसबाट सचेत हुनुपर्ने तर खासै डराउनु नपर्ने बताउँदै आएका ती युवालाई आफ्नै छिमेकीले समेत उनी अझैपनि कोरोना पोजेटिभ होलान् झैँ गरे । कोरोना जितियो तर गाउँ समाजको मन जित्न सकिएको छैन, उनले दुखेसो गरे ।

यस्तै सुर्खेतको वीरेन्द्रनगर ९ का ५४ वर्षिय पुरुष कोरोना मुक्त भएपछि घर फर्किए । उनी घरमा पुगेपछि २५ दिन सेल्फ क्वारेन्टाइनमा समेत बसे । अहिले उनी पूर्ण रुपमा स्वस्थ छन् । उनलाई देख्दा समाजका कोहीले कोरोना जितेर आएको भन्दै आँखाको इशारामा कुरा गर्ने गर्दछन् भने कोहीले सञ्चो भएकोमा बधाई पनि दिन्छन् । उनी सामान किन्नका लागि पसलमा जाने हो भने पनि फरक व्यवहार गर्ने गरेको उनको अनुभव छ । 

यसैगरि दैलेखको आठबीस नगरपालिका ६ का एक युवकले पनि कोरोना जिते । कोरोना जित्नका लागि आफ्नो आत्मबल बढाउनु पर्ने र दैनिक कार्यमा ध्यान दिन सक्ने हो भने त्यत्ति गा¥हो नहुने भएपनि समाजको मन जित्न भने गा¥हो हुने उनको अनुभव छ । अस्पतालबाट डिस्चार्ज भई घर गएर २३ दिन होम क्वारेन्टाइनमा बसेपछि मात्र उनी घर बाहिर आएका थिए । तर पनि उनलाई कोरोना नै छ कि भनेर उनी बाहिर निस्किँदा छिमेकीको पसल नै बन्द हुनुले उनको मन नराम्रोसँग कुँडियो । आफूले देखे भोगेका कुराहरु समाजमा सचेतनाका रुपमा बाँड्न चाहेको भएपनि समाजले उनलाई त्यो अवसर नै प्रदान गर्न सकेन । उनले भने, ‘म मात्र होइन मेरो घरपविार समेत समाजका हेलाको पात्र जस्तै बनेका छन् ।’ 

यी त उदाहरणीय पात्रहरु मात्र हुन् । कोरोना जितेर घर फर्केकाहरु समाज जित्न नसक्ने डरले पिरोलिएका छन् । कोरोना संक्रमण पूर्ण रुपमा अन्त्य नभएसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनु त स्वाभाविक हो । तर, कोरोना संक्रमणबाट मुक्त भइसकेपछि कसैप्रति गलत भावना तथा दुव्र्यवहार नै गर्नु सामाजिक रुपमा गलत हो । यस प्रकारको व्यवहारले समाजलाई भोलि कता लाने हो भन्ने चिन्ता बढ्दै गएको छ । कोरोना संक्रमित भएर निको भएकाहरु मात्र होइन सबै सचेत हुनु पर्ने र सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्न आवश्यक रहेको कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोभिड –१९ फोकल पर्सन डा. प्रदीप न्यौपानेले बताउनु भयो । 


Views: 65