28th September | 2020 | Monday | 9:01:10 PM

लिदी पहिरो प्रभावितलाई रेडक्रसको खाद्यान्न सहायता

हिमालय टाइम्स   POSTED ON : श्रावण ३१, २०७७ (५:३२ PM)

लिदी पहिरो प्रभावितलाई रेडक्रसको खाद्यान्न सहायता

काठमाडौं । सिन्धुपाल्चोकको जुगल–२ लिदी पहिरो पीडितहरुलाई रेडक्रस शाखाले खाद्यान्न लगायत सहयोग सामाग्री पुर्याएको छ ।

शनिबार पहिरो पीडितहरुलाई खाद्यान्न पुर्याएको हो । पहिरोमा परी ३७ घर पूर्ण क्षति भएका छन् भने पहिरोले  करीब १७९ घर प्रभावित पारेको छ । 

अहिलेसम्म  १३ जनाको शब फेला परेको र २६ जना अझै वेपत्ता रहेका जिल्लाबाट रेडक्रस अधिकृत राजकुमार लम्सालले बताउनु भएको छ ।

१० दिनका लागि पुग्ने खाद्यान्न रेडक्रस शाखा सदस्य अमृत कुमार खड्काको सहयोगमा जिल्ला शाखाद्धारा नेपाल आर्मीको हेलिकप्टर मार्फत घट्नास्थलमा पठाइएको छ । सामाग्रीमा दाल, चामल, तेल, नुन, गरम मसला रहेका छन् ।

अस्थाई शौचालयका लागी २ वटा स्कुटिङ प्लेट, खानेपानी कार्यालयको सहजिकरणमा खानेपानीका लागी १४०० मिटर पाइप पठाइएको छ । स्थानीय उपशाखाबाट घटनास्थलमा २ जनाले निरन्तर सहयोग गर्नुभएको छ भने ५ जना थप स्वयमसेवक द्रुत लेखाजोखाको लागि परिचालन तयारी गरिएको छ ।

पहिरो प्रभावित स्थानमा भएका घाइतेहरुको उद्धारका लागि आवश्यक समन्वय र पहलबाट रेडक्रसले तत्कालै कार्यसुरु गरेको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिसंगको समन्वयमा प्रभावित परिवार मध्ये तत्काल ३० परिवारका लागी पुग्ने गरी आवश्यक पर्ने गैह्र खाद्यय सामाग्री पठाइएको थियो ।  

 पहिरोबाट पूर्ण क्षती भएका ३७ परिवार हाल मानेडाँडाको चौरमा अस्थायी क्याप्पमा बसेका छन् ।  


Views: 263