26th September | 2020 | Saturday | 9:41:16 PM

असोज १ देखि होटल, रेष्टुरेन्ट खुल्ने

  POSTED ON : भदौ ३०, २०७७ (७:०३ PM)

असोज १ देखि होटल, रेष्टुरेन्ट खुल्ने

काठमाडौँ । असोज १ गतेदेखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले असोज १ देखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने निर्णय भएको जानकारी दिनुभएको छ । यी व्यवसाय सञ्चालन गर्दा कोरोनाको सुरक्षा सम्वन्धी मापदण्ड पालना  अनिवार्य गर्नुपर्नेछ। जिमखाना, सिनेमा घर, चिडियाखाना, शैलुन, स्पाजस्ता व्यवसाय भने तत्काल सञ्चालन गर्न नपाइने ज्ञवालीले बताउनु भयो । 

Views: 57