30th September | 2020 | Wednesday | 3:16:30 PM

देशभर आजको मौसम

हिमालय टाइम्स   POSTED ON : आश्विन १, २०७७ (७:४८ AM)

देशभर आजको मौसम

काठमाडौं । देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । 

त्यसैगरी प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश ,प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक– दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

विहीबार राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक( दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


Views: 60

सम्बन्धित सामग्री:

अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

: आश्विन १४, २०७७ (११:१० AM)