30th September | 2020 | Wednesday | 1:51:27 PM

उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली यथावत

हिमालय टाइम्स   POSTED ON : आश्विन १, २०७७ (८:०६ AM)

उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली यथावत

काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली यथावत रहेको छ ।

उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयहरुको बैठकले अनिश्चितकालसम्मका लागि यातायातमा जोरबिजोर प्रणाली कायम गर्ने निर्णय गरेका छन् । 

जिल्ला प्रशासन कार्यालयहरुले आदेश जारी समेत गरेका छन् । आदेश अनुसार अत्यावश्यक सेवाका सवारी साधनमा भने यो व्यवस्था लागु हुने छैन । 

प्रशासनको आदेश अनुसार उपत्यकामा अनिश्चितकालसम्मको लागि सभा, समारोह, भोजभतेर, पार्टी लगायत कार्यक्रम आयोजना गर्न, शिक्षण संस्था सञ्चालन गर्न र भीडभाड हुने मनोरञ्जनका क्रियाकला तथा धार्मिक सभा सम्मेलन गर्न  प्रतिबन्ध लगाइएको छ ।

त्यसैगरी आदेशमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने/गराउने साथै सामाजिक /भौतिक दूरी कायम राख्दै दैनिक गतिविधि सञ्चालन गर्न भनिएको छ ।

आदेश विपरितका गतिविधहरु गरे/गराइएको पाइएमा संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।



Views: 43

सम्बन्धित सामग्री:

अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

: आश्विन १४, २०७७ (११:१० AM)