30th September | 2020 | Wednesday | 2:52:21 PM

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

  POSTED ON : आश्विन १, २०७७ (१२:०१ PM)

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन   । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको थियो ।    

    

 जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाइएसँगै बिहान ८ः४० बजेदेखि सडक दुईतर्फी सञ्चालमा ल्याइएको हो । सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनह गन्तव्यतर्फ लागेका छन् । सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ ।    

Views: 30

सम्बन्धित सामग्री:

अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

: आश्विन १४, २०७७ (११:१० AM)