21st October | 2020 | Wednesday | 7:29:32 AM

कुटपिटबाट युवकको मृत्यु

  POSTED ON : आश्विन ९, २०७७ (८:३८ PM)

कुटपिटबाट युवकको मृत्यु

जाजरकोट । यहाँ एक युवकको कुटपिटबाट मृत्यु भएको छ । कुशे गाउँपालिका–२ टालेगाउँका झलक सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार सामान्य वादविवाद हुँदा  टालेलेगाउँका २२ वर्षीय अर्जुन सिंहको कुटाइबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका  निमित्त प्रहरी प्रमुख  यामबहादुर मल्लले बताउनुभयो ।  सिंहलाई  स्वास्थ्य सेवा कार्यालय उपचार गर्दागर्दै आज दिउँसो साढे १ः०० बजे मृत्यु भएको मल्लले जानकारी दिनुभयो  ।

आक्रमणमा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । कुटपिट गर्ने सिंह अहिले फरार रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा टेलिफोन सम्पर्क नभएका कारण थप विवरण आउन नसकेको प्रहरीको भनाइ छ । 


Views: 64