21st October | 2020 | Wednesday | 8:09:51 AM

मिडिया एलाइन्ससँग सहकार्य गर्न विज्ञापन संघ तयार

हिमालय टाइम्स   POSTED ON : आश्विन १२, २०७७ (६:२५ PM)

मिडिया एलाइन्ससँग सहकार्य गर्न विज्ञापन संघ तयार

काठमाडौं । मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्कर राज राजर्णिकारले विज्ञापनको बजार विस्तार गर्न सके मात्र सञ्चार माध्यमको भविष्य सुश्चित हुने बताउनु भएको छ ।

  नेपाल विज्ञापन संघले मिडिया एलायन्सको नव गठित तदर्थ समितिलाई स्वागतको लागि आयोजना गरेको कार्यक्रममा अध्यक्ष राजकर्णिकारले क्लिन फिडको कार्यन्वयनले विज्ञापनको बजार दोब्बर हुने बताउनु भयो । विज्ञापनको बजारलाई थप व्यवस्थित बनाउन नै एलाइन्सको गठन भएको उहाँको भनाइ थियो ।


नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्र रिजालले नीजि सञ्चार माध्यमहरुका लागि अहिले निकै चुनौतीपुर्ण समय भएपनि सहकार्य गरेर अघि बढे समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । संघ सँधै सञ्चार माध्यमको पक्षमा रहेको उल्लेख गर्दै उहाँले एलायन्ससँग सहकार्य गर्न इच्छुक रहेको बताउनु भयो ।


एलाईन्सका महासचिव लक्ष्मण हुमागाईले गणतन्त्रमा सञ्चार माध्यमको भुमिका अत्यन्तै महत्वपुर्ण भए पनि सरकारले नै सञ्चार माध्यमलाई उपेक्षा गरेको गुनासो गर्नुभयो । सत्ता बाहिर रहँदा सञ्चार माध्यमको वकालत गरेपनि सत्तामा पुग्ने वित्तिकै सञ्चारमाध्यमसँग विरोधी झैं व्यवहार गरिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा सहभागिहरुले विज्ञापन विना सञ्चार माध्यमले स्वच्छ प्रतिस्पर्धा गर्न नसक्ने बताउनु भएको थियो ।

सञ्चार माध्यमलाई स्वतन्त्र बनाउन पनि विज्ञापन बजारलाई व्यस्थित बनाउनु पर्ने उनीहरुको भनाइ थियो । सञ्चार माध्यममा देखिएको समस्या समाधानका लागि सहकार्य गर्ने उद्देश्य सहित गत बुधबार मिडिया एलाईन्स नेपाल गठन गरिएको हो ।


Views: 119