31st October | 2020 | Saturday | 9:05:39 PM

घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, तीन घाइते

विवेक खड्का   POSTED ON : कार्तिक १, २०७७ (५:०२ PM)

 घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, तीन घाइते

दाङ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु  भएको छ । सोही घटनामा परि ३ जना  घाइते भएका छन् । 

नगरपालिका -९ जालदाइनाकी ३५ वर्षिया सुसिला नेपालीको आज बिहान घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले  पुरिएर घटनास्थलमा नै मृत्यु भएको  हो । सोहि वडाको औलाधारा भन्ने ठाउँमा घर लिप्ने माटो खन्ने क्रममा उहाँको घटनास्थल मै मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी नायब निरिक्षक तिलकबहादुर शाहीले जानकरी दिनुभयो ।

उहाँका अनुसार माटोको ढिस्कोमा परि घाइते हुनेहरुमा सोही वडाका २९ वर्षिया निर्मला चदाँरा, १५ वर्षिया प्रतिमा  बि.क र ४५ वर्षिया गीता बटाला हुनुहुन्छ  । घाइतेहरुको अहिले वडा नम्बर ९ मा रहेको नगर अस्पतालमा उपचार भैरहको छ । घाइतेहरु निर्मला चदाँरा र प्रतिमा बिकको अवस्था सामान्य रहेको छ भने गीता बटालाको अवस्था अलि जटिल रहेको  नगर अस्पतालले जनाएको छ ।

मृतक नेपालीको शव भने पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले पठाइएको प्रहरीले जनाएको  छ  ।


Views: 50