31st October | 2020 | Saturday | 9:12:59 PM

पहिलो छायाँकार मास्केको निधनप्रति मिडिया एलाईन्सद्वारा शोक ब्यक्त

हिमालय टाइम्स   POSTED ON : कार्तिक १, २०७७ (८:२६ PM)

पहिलो छायाँकार मास्केको निधनप्रति मिडिया एलाईन्सद्वारा शोक ब्यक्त

काठमाडौं । नेपालको पहिलो छायाँकार वैकुण्ठमान मास्केको निधन भएको छ ।

 सात वर्षदेखि मृगौलाको रोगी मास्केलाई गत आइतबार कोरोना पुष्टि पनि भएको थियो । कोरोनाको उपचारकै क्रममा शुक्रबार निदान अस्पतालमा मास्केको ८३ वर्षको उमेरमा निधन भएको हो ।

नेपाल टेलिभिजनका पूर्व क्यामेरा पर्सन मास्केकोे निधनप्रति मिडिया एलाईन्स नेपालले शोक व्यक्त गरेको छ । मास्केको निधनले नेपालको छायाङ्कन तथा चलचित्र क्षेत्रमा वरिष्ठ सर्जक गुमाउनु परेको भन्दै यस क्षेत्रलाई अपुरणीय क्षति भएको एलाईन्सद्वारा जारी शोक विज्ञप्तिमा भनिएको छ ।

उहाँलाई आइतबार कोरोना पुष्टि भएको थियो  । उहाँको शुक्रबार दिउँसो २ बजेतिर निधन भएको हो ।

मास्केले सन् १९६६ मा ’फिल्म एण्ड टेलिभिजन इन्स्टिच्यूट अफ इन्डिया’बाट छायांकनमा ३ वर्षे अध्ययन सकाउनु भएको थियो । नेपाली फिल्ममा प्राविधिकका लागि भारतमा भर पर्नुपर्ने समयमा उहाँले २०२४ मा ’हिजोआज भोलि’बाट सहायक छायाँकारको रुपमा काम थाल्नु भएको थियो । त्यसपछि ’परिवर्तन’, ’मनको बाँध’हुँदै उहाँ नेपाली फिल्म क्षेत्रमा सक्रिय हुँदै जानुभएको थियो ।


Views: 69