31st October | 2020 | Saturday | 9:56:43 PM

सङ्खुवासभामा पहिलो पटक कोरोना सङ्क्रमितको मृत्यु

  POSTED ON : कार्तिक १, २०७७ (८:३१ PM)

सङ्खुवासभामा पहिलो पटक कोरोना सङ्क्रमितको मृत्यु

खाँदवारी । कोरोना भाइरसको सङ्क्रमणबाट सङ्खुवासभामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका धर्मदेवी नगरपालिका –३ का ८० वर्षीय पुरुषको आज मृत्यु भएको हो  ।

स्वास्थ्य कार्यालयका अनुसार आज अपराह्न १ बजे उनको मृत्यु भएको हो । उनी तीन दिनदेखि होम आइसोलेशनमा बसेका थिए । सङ्क्रमितको मृत्यु भएपछि स्थानीयवासी थप त्रसित बनेका छन् ।


Views: 53