31st October | 2020 | Saturday | 4:22:04 AM

चितुवाको छालासहित पक्राउ

विवेक खड्का   POSTED ON : कार्तिक २, २०७७ (३:५६ PM)

चितुवाको छालासहित पक्राउ

दाङ, । दाङमा प्रहरीले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका–१५ तारापुञ्ज टोलमा चितुवाको छालाको कारोवार भई रहेको भन्ने विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका–५ धर्ना निवासी ५० बर्षीय ईन्द्रबहादुर घर्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता सुमित खड्काले जानकारी दिनु भयो ।

घर्तिको घरको कोठा खानतलासी गर्दा काठाभित्र प्लाष्टिकको बोरामा लुकाई राखेको टाउको (बंगरा) देखि पुच्छरसम्मको ७ फिट ८ ईन्च लम्वाई भएको चितुवाको छालासहित घर्तिलाई पक्राउ गरिएको प्रवक्ता खड्काले वताउनु भयो ।

उनका अनुसार प्रहरीले पक्राउ परेका घर्तिलाई प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धानका लागि राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ अन्तरगत कारवाहीको लागी डिभिजन वन कार्यालय दाङमा पठाईएको छ ।


Views: 20