28th October | 2020 | Wednesday | 11:03:41 PM

सबै अदालत कोजाग्रत पूर्णिमासम्म बन्द

  POSTED ON : कार्तिक २, २०७७ (८:०० PM)

सबै अदालत कोजाग्रत पूर्णिमासम्म बन्द

काठमाडौं । आजबाट देशभरका सबै अदालत बन्द भएका छ्न् । 

सर्वाेच्च अदालत प्रसाशनले एक सूचना जारी गर्दै आइतबारदेखि सबै अदालत बन्द रहने जानकारी दिएको हो । 

अब कोजाग्रत पूर्णिमासम्म सर्वाेच्च, उच्च, जिल्ला, विशेष अदालत र न्याधिकरणहरु बन्द हुनेछन् । अदालत बन्द भएपनि नागरिकका मौलिक हक जोडिएका बन्दीप्रत्यक्षीकण रिट निवेदनमा भने शनिबार र दशैंको दिनबाहेक सुनुवाइको लागि अदालत खुला रहने बताइएको छ ।

 तर पन्ध्र दिनसम्म मुद्दाका नियमित कामकारबाही रोकिने छ्न् । कोभिड महामारीका बीच हिन्दुहरुको महान चाड दशै र तिहार परेकोले न्याय सम्पादन कार्यमा गम्भीर मर्का परेको छ । यसै पनि कोभिड त्रासका कारण गत चैतदेखि नै न्यायमा संकुचन गरिएको थियो । पन्ध्र दिनसम्म अदालत बन्द हुने भएपछि अरु मुद्दासँगै सम्बैधानिक इजलासमा हेर्दाहेर्दैको अवस्थामा रहेको नेकपाका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभामा मनोनयनविरुद्द परेको रिटमा पनि दसैँपछि मात्र सुनुवाइ हुने भएकोे छ । 

कोभिडका कारण अदालत र बारएसोसिएसनमा यसपल्ट शुभकामना आदानप्रदानका सबै कार्यक्रम रोकिएका छन् ।


Views: 39