6th December | 2020 | Sunday | 3:37:04 AM

राष्ट्रपति भण्डारीको हातबाट प्रधानमन्त्रीलाई दशैँको टीका

हिमालय टाइम्स   POSTED ON : कार्तिक १०, २०७७ (४:४० PM)

राष्ट्रपति भण्डारीको हातबाट प्रधानमन्त्रीलाई दशैँको टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैँको टीका राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट लगाउनु भएको छ । 

 सोमबार दिउँसो प्रधानमन्त्री ओली दशैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुग्नु भएको थियो ।

त्यस क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीका र जमराको माला लगाइदिनु भयो ।

 प्रधानमन्त्री ओलीसँगै उहाँकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दशैँको टीका र जमराको माला लगाउनु भयो ।



Views: 104