6th December | 2020 | Sunday | 3:06:18 AM

कोरोना जोखिमका कारण यसपालिको दशैंमा देखिएन उल्लास

हिमालय टाइम्स   POSTED ON : कार्तिक १०, २०७७ (५:३३ PM)

कोरोना जोखिमका कारण यसपालिको दशैंमा देखिएन उल्लास

काठमाडौं । बडा दशैंको मुख्य दिन आज विजयादशमीको अवसरमा मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदैछ । 

घटस्थापनाको दिन स्थापना गरिएको घडाबाट अभिषेख गरी आज नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । टीकाको साइत विहान १०ः १९ बजे भएपनि आफु अनुकूलको समयमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कोरोना संक्रमण महामारीका कारण विगत वर्षहरु जस्तो उल्लास नभएपनि भौतिक दुरी कायम गर्दै सर्वसाधारणले दशैंको टीका र जमरा लगाइरहेका छन् । सरकारले आग्रह अनुसार टीका लगाउने सर्वासाधारणले मास्कको प्रयोग गरेको पाइएको छ । 

सोमबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । बडादशैंको दिन उपत्यकाको सडक भने सुनसान देखिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका विगतका वर्षहरु जस्तो उल्लास भने देखिँदैन ।


तस्वीरमा कलाकार करिश्मा मानन्धर टीका लगाइँदिदै


Views: 119