30th November | 2020 | Monday | 4:25:32 AM

काठमाडौ उपत्यकामा ८९४ सहित देशभर थप १७४१ जनामा कोरोना पुष्टि

हिमालय टाइम्स   POSTED ON : कार्तिक १०, २०७७ (१०:३७ PM)

काठमाडौ उपत्यकामा ८९४ सहित देशभर थप १७४१ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६ पीसीआर परीक्षणमा १०६४ पुरुष र ६७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९४ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७३, ललितपुरमा १४६ र भक्तपुरमा ७६ जना कोरोना संक्रमित भेटिएका छन् ।




Views: 90