30th November | 2020 | Monday | 4:31:15 AM

विकको खुट्टा काटेको आरोपमा दुई जना पक्राउ

विवेक खड्का   POSTED ON : कार्तिक १४, २०७७ (४:१९ PM)

विकको खुट्टा काटेको आरोपमा दुई जना पक्राउ

दाङ ।  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी ४५ बर्षीय कुमार विकको बाँया खुट्टा छुटिने गरि भएको आक्रमणमा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरि सार्वजनिक गरिएको छ । 

ईलाका प्रहरी कार्यालय तुलसीपुरले शुक्रबार पत्रकार सम्मेलन गरि हत्यामा संलग्न भएको अरोपमा दुईजनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ उत्तर कुररीया निवासी २२ बर्षीय पवन चौधरी र तुलसीपुर १० पढ्ढा निवासी २४ बर्षीय अमृत चौधरी रहेका छन् । उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताउनु भयो । उनीहरुको साथबाट एकथान खुर्पा, अभियुक्तले घटनामा संलग्न रहेको अबस्थामा लगाएका कपडाहरु बरामद गरेको छ । 

गम्भीर घाईते भएका विकको भारतको लखनउमा उपचार भइरहेको छ । कात्तिक १० गते दशैको दिनको बेलुकी  तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गोलौरीमा पुकार पसलबाट पढ्ढा तर्फ जाने सडकमा बिकलाई आक्रमण गरिएको हो । भाञ्जाको विहेबाट भोजमा सहभागी भई एक्लै घरतर्फ जाँदै गरेको अबस्थामा बिकमाथि आक्रमण भएको प्रहरीले बताएको छ । उनको खुट्टाको पैतला छिनिएको छ, भने हातको हत्केला र ढाडमा चोट लागेको छ । घटनामा अन्य व्यक्तीहरु पनि संलग्न हुन सक्ने भन्दै यस विषयमा अनुन्धान भइरहेको उनको भनाई छ । एकान्त स्थानमा घटना भएको र स्थानीयहरुले पनि केही कुरा बोल्न नमानेकाले अनुसन्धानमा समस्या भएको प्रहरीले भनाई छ ।

सोही दिन तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गोलौरी स्थित आशिष चौधरीको घरमा नाचगान भइरहेको समयमा स्थानीय दुर्गा प्रसाद चौधरीसंग विवाद हुँदा झडप भएको थियो । आक्रमणको क्रममा सोही ठाउँका ४२ बर्षीय सुसिल चौधरीसहित ११ जना व्यक्तिले दुर्गा प्रसाद चौधरीको टाउको लगायत शरिरका बिभिन्न अंगहरुमा प्रहार गर्दा गम्भीर घाईते भएका थिए । उनको अहिले कोहलपुर उपचार भइरहेको छ । अबस्था सामान्य रहेको प्रहरीले बताएको छ । आक्रमणमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ, भने अन्य फरार छन् । तुलसीपुर  उपमहानगरपापिलका वडा नं. १४ निवासी २२ बर्षीय विजय चौधरी, सोही ठाउँका २३ बर्षीय अशोक चौधरी, १८ बर्षीय तिलक चौधरी, २१ बर्षीय सुनिल चौधरी र २८ बर्षीय पवन चौधरी र १९ बर्षीय आशिष चौधरीलाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुमध्ये पवन चौधरी र अमृत चौधरी दुबै घटनामा संलग्न भएको पाईएको छ । नाचगान गर्ने क्रममा उत्पन्न विवादले नै यी दुई घटना निम्त्याएको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।  एक घण्टाको फरकमा यी दुई घटना भएका थिए । आसपासमा प्रहरी चौकी नहुँदा पनि त्यस स्थानमा अपराधिक गतिबिधिहरु बढिरहेको उनको भनाई छ ।


Views: 64