6th December | 2020 | Sunday | 3:35:49 AM

गुल्मीमा कोरोना भाइरस संक्रमितको संख्या ७ सय नाघ्यो

हिमालय टाइम्स   POSTED ON : कार्तिक १४, २०७७ (५:५० PM)

गुल्मीमा कोरोना भाइरस संक्रमितको संख्या ७ सय नाघ्यो

गुल्मी । गुल्मीमा कोरोना भाइरस (कोभिड(१९) संक्रमितको संख्या ७ सय नाघेको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार अहिलेसम्म जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ७ सय ६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६ सय ३४ जनाले कोरोना भाइरस जितेर घर फर्किएका छन् । अहिले यस जिल्लामा संक्रिय संक्रमितको संख्या ६४ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो । 

अन्य जिल्लामा संक्रमण पुष्टि भई उपचारका लागि रेफर भई ३४ जना आएका छन् । कोरोना भाइरस (कोभिड(१९) परिक्षणका लागि यस जिल्लाबाट अहिलेसम्म ५ हजार १ सय ५० जनाको स्वाब संकलन गरिएको छ । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) लाई मध्यनजर गर्दै जिल्लामा १ सय ४९ बेड क्षमताको आइसोलशेन निर्माण गरिएको छ । अहिले होम आइसोलशेनमा ६४ जना रहेका छन् । जिल्लाका विभिन्न स्थानमा ७ सय ९० बेड क्षमताको क्वारेन्टीन निर्माण गरिएको छ । अहिले होम क्वारेन्टीनमा २ सय २० जना रहेका छन् । यस जिल्लामा कोभिड(१९ संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । 

बन्दाबन्दी (लकडाउन) भएदेखि हालसम्मको भारतबाट ७ हजार ७ सय २८ जना जिल्लामा भित्रिएका छन् । यस्तै भारत बाहेका अन्य तेश्रो मूलुकबाट ४ सय ८५ जना भित्रिएका स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो ।


Views: 103