3rd December | 2020 | Thursday | 3:32:55 AM

हुम्लाको एक छात्रावासका दर्जनौँ विद्यार्थीमा कोरोना सङ्क्रमण

हिमालय टाइम्स   POSTED ON : मंसिर ५, २०७७ (७:३९ PM)

हुम्लाको एक छात्रावासका दर्जनौँ विद्यार्थीमा कोरोना सङ्क्रमण

सिमिकोट । हुम्लाको नाम्खा गाउँपालिकाको यालवाङस्थित एक छात्रावासमा दर्जनौँ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएसंगै कार्तिक १४ बाट खोलिएका शैक्षिक सस्था पुन: बन्द गरिएको छ ।
त्यहाँ गत कार्तिक १४ गतेबाट विद्यालयहरू खुलेका थिए।
अधिकांश सङ्क्रमितहरू विद्यार्थी भएको उक्त गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार विद्यार्थी र छात्रावास सञ्चालकसहित ५६ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमण भएका विद्यार्थी हिमालयन चिल्ड्रेन सोसाइटीले सञ्चालन गर्दै आएको आवासीय छात्रावासमा बस्दै आएका थिए ।

महाबौद्ध माध्यमिक विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरु बाजुरा, हुम्ला, डोल्पा, मुगु तथा काठमाडौका रहेका जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ ।

कतिपय विद्यार्थीहरू हवाईमार्गबाट आएको र कतिपय बाजुरा हुँदै पैदल आएको हुँदा जहाजबाट आएकाको परीक्षण भएको तर हिँडेर आएकाको परीक्षण नगरेको बताइएको छ।

जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले हिँडेर आएका विद्यार्थीमार्फत् सङ्क्रमण भएको हुन सक्ने आशङ्का गरिएको बताउनुभयो।

विद्यालयका सबै ५२५ जनामा एन्टीजेन प्रविधिबाट परीक्षण गर्दा ५६ जनामा पोजेटिभ देखिएपछि पशुपन्छी प्रयोगशाला सुर्खेतमा पुन: परीक्षणमा सङ्क्रमित देखिएका सबैलाई छात्रावासको आइसोलेशनमा राखिएको सिंहले जानकारी दिनुभयो ।


Views: 55