3rd December | 2020 | Thursday | 4:03:43 AM

घोराहीका विद्यालयहरू मंसिर ७ गते देखि सञ्चालनमा आउने

विवेक खड्का   POSTED ON : मंसिर ६, २०७७ (१२:३८ PM)

घोराहीका विद्यालयहरू मंसिर ७ गते देखि सञ्चालनमा आउने

दाङ । घोराही उपमहानगरपालिकाका विद्यालयहरू मंसिर ७ गते आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । कोभिड १९ को सङ्क्रमणको जोखिमका कारण बन्द रहेका स्कुल बस मंसिर १० गतेदेखि सञ्चालनमा आउने भएका छन् । आज शुक्रबार बसेको घोराही उपमहानगरपालिका शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय तथा यातायात सञ्चालन गर्ने र एकै सिफ्टमा सञ्चालन हुने विद्यालयले विहान १० देखि दिउँसो साढे ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । अन्य विद्यालयले सिफ्ट अनुसार पनि विद्यालय सञ्चालनको व्यवस्थापन गर्न सक्ने बताइएको छ । बैठकले एउटा बेञ्चमा २ जना विद्यार्थी मात्र राख्ने निर्णय गरेको छ ।


Views: 82