सिगास गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष शेरसिंह धामी, सोहि स्थानकै राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई बैतडी प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो ।
वडा नम्बर ३ का ४ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले बताउनु भयो। यसअघि बिहीबार सोहि घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोहि ठाउँकै मनोज सिंह धामी र अमर धामीलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरुमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बलात्कारको घटनाका मुख्य आरोपी दिपक सिंह धामी भने फरार छन् ।
Views: 77