22nd January | 2021 | Friday | 12:13:22 PM

बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

  POSTED ON : पुष २९, २०७७ (१:४१ PM)

बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

कालीकेट । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ । नरहरिनाथ७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ । घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताउनुभयो । रासस

Views: 38