18th January | 2021 | Monday | 12:03:19 AM

पर्यटनमन्त्रीद्वारा विमानस्थल निरीक्षण

हिमालय टाइम्स   POSTED ON : माघ १, २०७७ (६:५८ PM)

पर्यटनमन्त्रीद्वारा विमानस्थल निरीक्षण

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल भौतिक प्रगतिको हिसाबले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल भन्दा पोखरा विमानस्थल उत्कृष्ट रहेको बताउनु भएको छ ।  

निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन भ्रमणमा पोखरा पुग्नु भएका मन्त्री ढकालले पोखरा विमानस्थलको निर्माण प्रगतिले खुशी व्यक्त गर्नुभयो । भैरहवामा  निर्माण  हुनलागेको  विमानस्थलको स्थलगत अवलोकन पछि पोखरा पुग्नु भएका मन्त्रीले बनावट र निर्माण प्रगति पोखराको राम्रो भएको बताउनु भयो । निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन पछि निर्माणको क्रममा आउने नीतिगत समस्या र समन्वयको लागि सरकार सधै तयार रहेको भन्दै मन्त्री ढकालले समयमा निर्माण सम्पन्न भई संचालनमा ल्याउन सरकारले तयारी थालेको बताउनु भयो । सरकारको ध्यान नपुगेका कारण विलम्बन भएका काम र समस्यालाई समयमा हटाउन आफुले पहल लिने पनि उहाँले बताउनुभयो ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलको अहिले सम्म ७० प्रतिशत भौतिक संरचना निर्माणको काम सम्पन्न भइसकेको छ ।  


Views: 42

सम्बन्धित सामग्री: