27th February | 2021 | Saturday | 4:17:18 PM

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १०, २०७७ (४:२८ PM)

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरासँग भेटवार्ता गर्नुभएको छ ।

थापा सोमबार सर्वोच्च अदालत पुगेर जबरासँग भेट गर्नुभएको हो ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले सेनापति सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश जबरासँग भेटवार्ता गरेको जानकारी दिनु भयो ।

 प्रवक्ता पौडेलका अनुसार सर्वोच्चले भोग चलन गरेको सेनाको स्वामित्वको नौ रोपनी जग्गा प्राप्ति र हस्तानान्तरणका विषयमा छलफल र समन्वयका  लागि भेटवार्ता भएको हो । 

कतिपयले संसद् विघटन सम्बन्धी मुद्दाको फैसला सार्वजनिक गर्ने तयारी भइरहेका बेला प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भएको आकस्मिक भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरेका छन् ।

 पुस ५ गते प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको मुद्दामा सर्वोच्चले यसै साता फैसला सुनाउने तयारी छ ।


Views: 40