27th February | 2021 | Saturday | 4:14:36 PM

विप्लव समूहका नेता बाँस्तोला फेरि पक्राउ

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १०, २०७७ (६:११ PM)

विप्लव समूहका नेता बाँस्तोला फेरि पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले फेरि पक्राउ गरेको छ ।

सोमबार बाँस्तोलालाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार अपराह्न बाँस्तोलालाई पक्राउ गरी परिसर पुर्ययाइएको छ ।

सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बाँस्तोलालाई रिहा गर्न आदेश दिएको थियो ।

विप्लव समूहका विदेश विभाग प्रमुख बास्तोलालाई प्रहरीको विशेष टोलीले गत पुसमा ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।


Views: 26