2nd March | 2021 | Tuesday | 6:50:18 AM

समाज र मानिसको मानसिकता रुपान्तरणको लागि सामाजिक परिवर्तन – विश्वप्रकाश शर्मा

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १०, २०७७ (६:४४ PM)

समाज र मानिसको मानसिकता रुपान्तरणको लागि सामाजिक परिवर्तन – विश्वप्रकाश शर्मा

 काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनु पर्ने बताउनु भएको छ ।  

सोमबार काठमाडौँमा विद्यार्थीहरुमाझ भएको एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता शर्माले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसकेको भन्दै राजनीति बदलिनुपर्ने बताउनुभएको हो । देशले सामाजिक रुपान्तरणको भारी बोक्न नसकेको भन्दै उहाँले राजनीति, प्रशासन, सिंगो समाज र मानिसहरुको मानसिकता रुपान्तरणको लागि सामाजिक परिवर्तन गर्ने दिशामा अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रवक्ता शर्माले चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा राजनीतिक दलहरुको झण्डा भन्दा बलियो बन्नुपर्ने बताउनुभयो । आजका युगका विद्यार्थीहरुले डाक्टर, इन्जिनियर बन्छु भनेर मात्रै होईन बदलिएको नेपालको नागरिक बन्न र आफ्नो कारणले कसैलाई कुनै असर नपर्ने बन्न चाहाना राख्नुपर्ने उहाँको भनाई छ ।

त्यसैगरी नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य सँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताउनुभयो । आफ्नो कार्यकालमा ३५/४० अर्ब नाफामा ल्याएको उहाँको भनाई छ ।

पूर्व कार्यकारी निर्देशक घिसिङले अब हरेक व्यक्ति आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पुरा गरेपनि देश सुन्दर हुने बताउनुभयो । 


Views: 37