17th April | 2021 | Saturday | 1:18:46 AM

मित्रसेन दाहालको योगदानको चर्चा

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १९, २०७७ (८:०६ PM)

मित्रसेन दाहालको योगदानको चर्चा

काठमाडौं । स्वर्गीय मित्रसेन दाहालको तेह्रौं दिनको पुण्य तिथिका सन्दर्भमा बुधबार ओखलढुंगा नेपाली कांग्रेस जिल्ला कार्य समितिले उहाँको सम्झनामा शोकसभाको आयोजना ग¥यो । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री डा. प्रकाशशरण महतले स्वर्गीय मित्रसेन दाहालको राजनीतिकm सामाजिक तथा लेखकीय व्यक्तित्वका बारेमा प्रकाश पार्नुभएको थियो । यसैक्रममा उहाँले नेपाली कांग्रेसको वर्तमान अवस्थाको चर्चा गर्दै कांग्रेसले सत्य र निष्ठामा रहेर राजनीति गर्ने हो भने मात्र मित्रसेनको आत्माले शान्ति पाउने बताउनु भयो । 

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठान विभाग प्रमुख पुरुषोत्तम दाहालले स्वर्गीय दाहाललाई पुनर्जन्म पाएका व्यक्तिका रूपमा चित्रण गर्दै उहाँले सकेसम्म समयको सदुपयोग गरेको बताउनु भयो । 

कार्यक्रममा पूर्वमन्त्री होमनाथ दाहाल, पूर्व सांसद चन्द्रकान्त दाहाल,  जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले पनि उहाँको योगदानको संस्मरण गर्नुभएको थियो भने स्वर्गीय मित्रसेन दानहालका भाइ हरिप्रसाद दाहालले आपूm र आफ्नो परिवारले अभिभावक गुमाएको बताउँदै उहाँद्वारा स्थापित जेष्ठनागरिक मैत्रीआश्रम सञ्चालनार्थ मित्रसेन दाहालका नाममा कोष स्थापना गरिएको हुँदा उक्त कोष वृद्धिमा सहयोग पु¥याउनु हुन सबैलाई आग्रह गर्नुका साथै बीपी स्मृति भवन ओखलढुंगाको निर्माणार्थ १ लाख ११ हजार सहयोग गर्नुभएको थियो । गौतम दाहाल, महाधिवेशन प्रतिनिधि बालकृष्ण दाहाल, महासमिति सदस्य बाला अधिकारी, जिल्ला पार्टी उपसभापति तेजेन्द्र खनाल, पूर्व सभापति गोमा केसीलगायतका व्यक्तिहरूले पनि कार्यक्रममा स्वर्गीय दाहालप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । 

सभापतिको आसनबाट जिल्ला समितिका सभापति प्रदिपकुमार सुनुवारले मित्रसेन दाहालका बहुमुखी व्यक्तित्वमाथि प्रकाश पार्दै पार्टीमा उहाँले पु¥याउनु भएको योगदानबारे विस्तृत रूपमा चर्चा गर्नु भएको थियो । यसैगरी बुधबारै उहाँको योगदानको स्मरण गर्दै उहाँको गृहजिल्ला ओखलढुंगाका विभिन्न ठाउँमा पनि श्रद्धाञ्जलि सभा आयोजना गरिएको थियो । 

ओखलढुंगाबाट स्थानीय पत्रकार जीवन शर्माले जनाएअनुसार  नेपाली कांग्रेसका नेता तथा समाजसेवी स्व. मित्रसेन दाहालको गृहजिल्ला ओखलढुंगामा सामाजिक राजनीतिक योगदानको चर्चा गरिएको छ । दाहालको १३ औं पुण्य तिथिको दिन नेपाली कांग्रेस प्रादेशिक तथा गाउँसमितिले शोक सभा आयोजना गरी उहाँको राजनीतिक, सामाजिक जीवन, भोगाइ र योगदानको चर्चा गरिएको हो ।

नेपाली कांग्रेस ओखलढुंगा पार्टी कार्यालयमा प्रदेश तथा नगरपालिका कार्यसमितिले संयुक्त रूपमा शोकसभाको आयोजना गरेको सिद्धिचरण नगरपालिका–११ का अध्यक्ष विनोद केसीले जानकारी दिनुभयो । प्रादेशिक सभापति दानबहादुर बानियाँको सभापतित्व तथा महासमिति सदस्य एवं नगर संयोजक डिल्लीराम खनालको प्रमुख आतिथ्यतामा भएको शोकसभामा सबै भातृ तथा शुभेच्छुक संगठनका नेता कार्यकर्ताहरूले दाहाललाई श्रद्धाञ्जलि अर्पण गरेका छन् । शोक सभाका वक्ताहरूले नेपाली कांग्रेस ओखलढुंगालाई स्व. दाहालले पु¥याएको योगदान अविश्मरणीय रहेको बताउनु भयो । समाज सेवा र राजनीतिमा उहाँले देखाएको बाटोलाई नेपाली कांग्रेसले फराकिलो बनाउँदै लैजानुपर्ने महासमिति सदस्य डिल्लीराम खनालले बताउनुभयो ।

त्यस्तै मोलुंङ गाउँकार्य समितिले नेपाली कांग्रेसका पुराना नेता हेमप्रसाद दाहालको प्रमुख आतिथ्यता तथा मोलुङ  गाउँपालिका सभापति गोपीकृष्ण कार्कीको सभापतित्वमा शोकसभाको आयोजना गरेको थियो । शोकसभामा गाउँपालिका प्रमुख मणिराज राई, उपप्रमुख हेमकुमारी तामाङ, गाउँपालिकाका नेपाली कांग्रेसका नेता कार्यकर्तासहित नेकपाका नेताहरूको समेत स्व. कांग्रेस नेता दाहालको तस्वीरमा माल्र्यापण गरी श्रद्धाञ्जलि अर्पण गर्नुभयो । राजनीतिलाई नितान्त जनसेवासँग जोडेर अघि बढेका स्व. मित्रसेन दाहालबाट नयाँ राजनीतिकर्मीहरूले पाठ सिक्नु पर्ने वक्ताहरूको भनाइ छ ।

जिल्लाका सबै गाउँपालिका कार्यसमितिले गरेको शोक सभामा स्व. मित्रसेन दाहालको सामाजिक राजनीतिक योगदानका बारेमा चर्चा गरिएको थियो । नेपाली कांग्रेसका नेता तथा समाजसेवी दाहालको गत ७ गते हृदयघातका कारण मृत्यू भएको थियो । उहाँको मृत्युले नेपाली कांग्रेस ओखलढुंगालाई अपूरणीय क्षति पुगेको नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ । 


Views: 73