11th April | 2021 | Sunday | 7:38:53 PM

महिला सुरक्षा दवाब समूहको नयाँ कार्यसमिति चयन, अध्यक्षमा कल्याणी शाह

  POSTED ON : फाल्गुन २२, २०७७ (१०:१४ AM)

महिला सुरक्षा दवाब समूहको नयाँ कार्यसमिति चयन, अध्यक्षमा कल्याणी शाह

काठमाडौं । महिला सुरक्षा दवाब समूहको १५औं बार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ । महिला अधिकारको क्षेत्रमा २८ बर्षदेखि निरन्तर बहस र पैरवी गर्दै आएको दवाब समूहको १५औं बार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । 

नव निर्वाचित समितिको अध्यक्षमा कल्याणी शाह, उपाध्यक्षमा ईरादा गौतम, महासचिवमा विजया केसी, सचिवमा अजिता अर्याल काफ्ले र वैजयन्ती कार्की कोषाध्यक्षमा विमला तुम्खेवा चयन हुनुभएको छ । 

यस्तै, सदस्यहरूमा सुशीला श्रेष्ठ, मीना स्वर्णकार, जानू घिमिरे, कमला उप्रेती, सीता ओझा, द्रौपती रोकाया, पूर्णशोभा चित्रकार, शान्ति नकर्मी, प्रतिमा मुडभरी चुनिनुभएको छ । 

महिला अधिकारको क्षेत्रमा निरन्तर वकालत गर्दै आएको यो संस्थाले पहिलो संविधानसभाको निर्वाचनमा ३३ प्रतिशत महिला सहभागिताका लागि महत्वपूर्ण भूमिका खेलेको थियो  । त्यसैगरी निरन्तर रुपमा जनसंख्याको आधारमा राज्यको हरेक तह र तप्कामा समानुपातिक प्रतिनिधित्वको निम्ति निरन्तर बहस गर्दै आएको छ । निर्वाचन अधिकृत अधिवक्ता शान्तिदेवी खनाल रहनुभएको थियो । यस सस्थाको पूर्व अध्यक्षहरूमा स्वर्गीय सहाना प्रधान, शारदा पोखरेल र सावित्री थापा हुनुहुन्थ्यो । तीनैजना अध्यक्षहरूको महिला अधिकार र सशक्तीकरणको क्षेत्रमा ऐतिहासिक योगदान र महत्व रहेको छ । 

नवनिर्वाचित अध्यक्ष शाहले संस्थाले आजसम्म गर्दै आएका कामलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सबैको साथ र सहयोगले आफू अगाडि बढ्ने पनि उहाँले बताउनुभयो । 


Views: 57