17th April | 2021 | Saturday | 10:28:06 PM

दोहोरो सुविधा नलिने प्रमुख आयुक्त राईको स्वघोषणा

  POSTED ON : फाल्गुन २४, २०७७ (९:३२ PM)

दोहोरो सुविधा नलिने प्रमुख आयुक्त राईको स्वघोषणा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने हुनुभएको छ । प्रमुख आयुक्त राईले यही फागुनदेखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा लिने तर नेपाल सरकारको सचिवको हैसियतले पाउने निवृत्तीभरण नलिने स्वघोषणा गर्नुभएको छ । 

पूर्वसचिव राई गत माघ २१ गते प्रमुख आयुक्त पदमा नियुक्त हुनुभएको हो । उहाँले यही फागुनदेखि दोहोरो सुविधा नलिने स्वघोषणा गर्नुभएको छ । निवृत्तीभरण व्यवस्थापन कार्यालयलाई समेत सो विषयमा जानकारी गराइसकिएको छ । प्रमुख आयुक्त राईले गर्नुभएको उक्त स्वघोषणाको गरी दिनुभएको सक्कलै निवेदन आवश्यक कार्यार्थ पठाइएको आयोगले जनाएको छ । रासस


Views: 81