11th April | 2021 | Sunday | 7:27:05 PM

कार्यसमिति पदाधिकारीलाई सम्पादक दाहालको बधाई तथा शुभकामना

हिमालय टाइम्स   POSTED ON : चैत्र २५, २०७७ (७:५६ PM)

 कार्यसमिति पदाधिकारीलाई सम्पादक दाहालको बधाई तथा शुभकामना

काठमाडौं ।  नेपाल पत्रकार महासंघ हिमालय टाइम्स प्रतिष्ठान शाखाका निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई वरिष्ठ पत्रकार तथा हिमालय टाइम्सका सम्पादक पुरुषोत्तम दाहालले बधाई दिनु भएको छ ।

बुधबार कार्यालयमा आयोजित एक कार्यक्रममा सम्पादक दाहालले पदाधिकारीहरुलाई खादा पहिर्याएर बधाई तथा शुभकामना दिनु भएको थियो ।

 मंगलबार प्रतिष्ठानमा सम्पन्न निर्वाचन कार्यक्रममा सबै पदमा निर्विरोध कार्यसमिति चयन भएको थियो ।

निर्विरोध कार्यसमिति अध्यक्षमा चूडामणि कोइराला चयन हुनुभएको थियो । यस्तै, वरिष्ठ महिला उपाध्यक्षमा मनिषा पौडेल, उपाध्यक्षमा रवीन्द्र बाराही, सचिवमा निर्दोष पाठक, कोषाध्यक्षमा निशा दाहाल र निरोजकुमार देव चयन हुनुभएको छ ।

यसैगरी, सदस्यमा सत्यम शर्मा सापकोटा, सुनिल महर्जन, किशोर श्रेष्ठ, श्याम भुजेल र किशोर गौतम चयन हुनुभएको छ । यस्तै, केन्द्रीय परिषद् सदस्यमा उज्ज्वल शर्मा, पुरुषोत्तम दाहाल, गोविन्द लुइँटेल र दीपक बराल चयन हुनुभएको छ । निर्वाचन समितिमा विनोद दाहाल संयोजक तथा सन्दीप पौड्याल र कृष्ण भुसाल सदस्य रहनुभएको थियो ।




Views: 137