16th May | 2021 | Sunday | 1:55:04 AM

शिवपुरी जंगलमा लागेको डढेलो निभाउन हेलिकप्टरबाट पानी हालियो

हिमालय टाइम्स   POSTED ON : चैत्र २९, २०७७ (४:४९ PM)

शिवपुरी जंगलमा लागेको डढेलो निभाउन हेलिकप्टरबाट पानी हालियो

काठमाडौं । काठमाडौंको शिवपुरी जङ्गलमा भएको आगलागी नियन्त्रण गर्न हेलिकोप्टरबाट पानी हालिएको छ ।  

 आइतबार बिहान करिब १० बजेदेखि शुरु भएको आगलागी फैलिँदै गएपछि हेलिकोप्टरको सहायता लिइएको हो । 

आगो नियन्त्रणमा लिन नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् । सिम्रिक एयरलाइन्सले पानी हालेको प्रहरी प्रभाग बूढानीलकण्ठले जानकारी दिएको छ । 

यसैगरी दुई–तीन वटा दम्कल आगलागी स्थलमा पुगिसकेको प्रहरीले जनाएको छ । चार सय मिटरको डाएमिटरको हाराहारीमा आगलागी भएको बताइएको छ ।

डढेलो बस्ती छेउमा आउन लागेकाले त्यस क्षेत्रमा दमकल राखिएको छ ।


Views: 148