16th May | 2021 | Sunday | 3:25:13 AM

सञ्चारमन्त्री गुरुङद्वारा शुभकामना व्यक्त

हिमालय टाइम्स   POSTED ON : चैत्र ३१, २०७७ (६:१५ PM)

सञ्चारमन्त्री गुरुङद्वारा शुभकामना व्यक्त

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नयाँ वर्ष २०७८ सालको शुभकामना व्यक्त गर्नुभएको छ । 

 मंगलबार मन्त्रालयमा मन्त्रालयका कर्मचारीहरुसहित पत्रकारहरुको उपस्थितिमा नयाँ वर्ष २०७८ सालको अवसरमा देश तथा विदेशमा रहनुभएका नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको हो । शुभकामना व्यक्त गर्दै मन्त्री गुरुङले वि.सं. २०७७ सालमा कोभिड–१९ को महामारीको सामना गर्दै र आफ्नै प्रतिकुल स्वास्थ्यका बावजुद पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवपूर्ण कामहरुको सफल र सवल नेतृत्व गर्नुभएको बताउनुभयो ।


Views: 81