16th May | 2021 | Sunday | 6:47:33 PM

प्रस्तावित न्यायाधीशको सुनुवाई शुरु

  POSTED ON : बैशाख ३, २०७८ (१:५३ PM)

प्रस्तावित न्यायाधीशको सुनुवाई शुरु

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालमाथि संसदीय सुनुवाई शुरु गरेको छ । 

संसदको संसदीय सुनुवाई समितिले न्यायपरिषद्द्धारा प्रस्तावित दुवैजनालाई बोलाई सुनुवाईका लागि छलफल शुरु गरेको हो । यसअघि चैत २२ गते बसेको समितिको बैठकले दुवै जनाविरुद्ध परेको उजुरी माथि छलफल गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो । समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडाल विरुद्ध दुई वटा र नहकुल सुवेदी विरुद्ध पाँच वटा उजुरी परेको थियो ।


Views: 73