16th May | 2021 | Sunday | 1:50:47 AM

पत्रकार पुर्णिमा श्रेष्ठको टोलीले गर्यो अन्नपूर्ण हिमालको सफल आरोहण

ध्रुर्वसागर शर्मा   POSTED ON : बैशाख ३, २०७८ (७:२९ PM)

पत्रकार पुर्णिमा श्रेष्ठको टोलीले गर्यो अन्नपूर्ण हिमालको सफल आरोहण

म्याग्दी । फोटा पत्रकार समेत रहेकी पुर्णिमा श्रेष्ठ र उनको टोलीले शुक्रवार अपरान्ह ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरेर अन्नपूर्ण हिमाल आरोहण गर्ने प्रथम नेपाली महिलाको कीर्तिमान कायम गरेका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने यो हिमाल आरोहणका लागि पुर्णिमाको टोली गत चैत ८ गते काठमाण्डौंको सेभेन समिट ट्रेकिङ कम्पनि मार्फत म्याग्दीको नारच्याङबाट उकालो लागेको थियो ।

पूर्णिमा लगाएत ६ जना नेपाली महिला पर्वतारोहीको टोलीले आज दिउसो १ः३० बजे अन्नपूर्ण हिमालको सफल आरोहण गरेका सेभेन समिटका अध्यक्ष निग्मा शेर्पाले जानकारी दिए ।

प्रmान्सेली नागरिक मारिस हर्गोजले सन् १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक आरोहण गरेका थिए । अन्नपूणर््को आरोहण भएको तीन वर्ष पछि मात्र सगरमाथामा मानव पाइला परेको थियो । आठ हजार मिटर अग्ला हिमालहरुमध्ये अन्नपूर्ण मानव पाइला परेको पहिलो हिमाल हो ।

पुर्णिमा श्रेष्ठ गोरखाको आरुघाटकी स्थायी वासिन्दा हुन् । उनी कारोबार आर्थिक दैनिकमा कार्यरत पत्रकार हुन् । श्रेष्ठसंगै दावा याम्जुङ शेर्पा,पासाङ ल्यामु शेर्पा,शर्मिाला तामाङ,दावा फुटी शेर्पा र माया शेर्पाले अन्नपूर्ण हिमालको आरोहण गरेका हुन् । 

श्रेष्ठले यसअघि सन् २०१८ मा सगरमाथा,२०१७मा मनास्लु र २०१९मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन् ।

उनी म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर जोड्ने मौरिज हर्गोज पदमार्थको प्रयोग गरेर आरोहणमा गएकी थिइन । यो पदमार्ग प्रयोग गरेर अन्नपूर्ण हिमाल आरोहण गर्न गएको श्रेष्ठको टोली नै पहिलो टोली भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या.डमवहादुर पुनले बताए । 


Views: 129