16th May | 2021 | Sunday | 2:28:08 AM

सीसीएमसी बैठक–कोभिड महामारीबाट जोगिन जनचेतना फैलाउने व्यवस्था गर्न सिफारिस

हिमालय टाइम्स   POSTED ON : बैशाख ४, २०७८ (६:१६ PM)

सीसीएमसी बैठक–कोभिड महामारीबाट जोगिन जनचेतना फैलाउने व्यवस्था गर्न सिफारिस

काठमाडौं । कोभिड १९ व्यवस्थापन केन्द्र सीसीएमसीले कोभिड महामारीबाट जोगिनका लागि स्थानीय तहमा प्रभावकारी ढंगले जनचेतना फैलाउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ । 

सिंहदरबारमा शनिबार बसेको कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले कोभिड १९ को नयाँ भेरियन्ट पहिलेको तुलनामा छिटो फैलिने भएकाले स्वास्थ्य सर्तकताका मापदण्डलाई कडाईका साथ पालना गर्ने र आवश्यक जनचेतना फैलाउने व्यवस्था मिलाउन सरकारलाई सिफारिस गरेको हो । कोभिड १९ को महामारी नियन्त्रणका लागि विगतमा सरकारले गरेको प्रयास र जारी भएका मापदण्ड तथा आदेशहरु कतिपय निस्कृय भईसकेको र नयाँ भेरियन्टको संक्रमण सर्ने जोखिम अत्याधिक भएकाले आवश्यकता अनुसार नयाँ मापदण्ड तयार गरि तत्काल कार्यान्वयनमा ल्याउन बैठकले सुझाव दिएको छ । तर निर्णय नभईसकेको भन्दै प्रधानमन्त्री कार्यालयका सचिव खगराज अधिकारले बैठकले गरेका सिफारिस बारे थप विषय बताउन चाहनुभएन ।

विद्यालय खोल्ने वा बन्द गर्ने भन्ने सन्र्दभमा विगतमा जस्तो नभई संक्रमणको जोखिम र फैलावटको स्थिति हेरेर अत्याधिक जोखिमका क्षेत्र पहिचान गरि बैकल्पिक सिकाईको व्यवस्था मिलाउने बारे स्थानीयतहसंग परामर्श गरि निर्णय गर्न सक्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।


Views: 80