16th May | 2021 | Sunday | 3:17:54 AM

राष्ट्रपतिबाट नवनियुक्त गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई सपथ

हिमालय टाइम्स   POSTED ON : बैशाख २०, २०७८ (७:०० PM)

राष्ट्रपतिबाट नवनियुक्त गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई सपथ

काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकले नियुक्तको सिफारिसमा पर्नु भएका गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरुलाई सपथ खुवाउनु भएको हो । 

आजै बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै नयाँ नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।


Views: 76